

डिएसपी उद्धब सिंह भाट बने जेठ महिनाका ‘बेस्ट पुलिस अफ द मन्थ’, उत्कृष्ट कार्यसम्पादनको उच्च सम्मान
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) उद्धब सिंह भाट २०८३ साल जेठ महिनाको “Best Police of the Month” घोषित भएका छन्। उत्कृष्ट कार्यसम्पादन, अनुशासित नेतृत्व तथा कार्यालय व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रममा डिएसपी भाटलाई कदरपत्र तथा पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो।
डिएसपी भाटले आफ्नो जिम्मेवारी उच्च मनोबल, व्यावसायिक दक्षता, लगनशीलता र अनुशासनका साथ निर्वाह गर्दै कार्यालयको आन्तरिक प्रशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन्। साथै, प्रहरी संगठनभित्र कर्तव्यनिष्ठा, इमान्दारी, जवाफदेहिता र उत्कृष्ट कार्यसम्पादनको संस्कृतिलाई थप मजबुत बनाउन उनले खेलेको नेतृत्वदायी भूमिकाको समेत उच्च मूल्याङ्कन गरिएको छ।
कार्यक्रममा बोल्दै प्रहरी अधिकारीहरूले डिएसपी भाटको समर्पण, कार्यकुशलता र नेतृत्व क्षमता अन्य प्रहरी कर्मचारीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेका थिए। संगठनको लक्ष्य प्राप्ति तथा व्यावसायिक प्रहरी सेवाको प्रवर्द्धनमा उनको योगदान उल्लेखनीय रहेको भन्दै आगामी दिनमा समेत यस्तै उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गरिएको बताइएको छ।
नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूमा प्रतिस्पर्धात्मक क्षमता, कर्तव्यप्रति समर्पण र उत्कृष्ट सेवा प्रवाहको भावना विकास गर्ने उद्देश्यले नियमित रूपमा “Best Police of the Month” कार्यक्रम सञ्चालन गर्दै आएको छ। डिएसपी उद्धब सिंह भाटको यो सम्मानले संगठनभित्र उत्कृष्ट कार्यको कदर र प्रोत्साहन गर्ने संस्कृतिलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



