चितवन प्रहरीको निरीक्षण गर्दै एआईजी चतुर्वेदीद्वारा प्रभावकारी सेवा प्रवाह र अपराध नियन्त्रणमा जोड

चितवन । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी कर्मचारीलाई प्रभावकारी सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा एआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा तथा मातहत इकाइहरूको कार्यसम्पादन, सेवा प्रवाह, अनुसन्धान प्रक्रिया र संगठनात्मक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै व्यावसायिक, अनुशासित र उत्तरदायी ढंगले काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी दीपक रेग्मी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी डिल्ली नारायण पाण्डे तथा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेल लगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा एआईजी चतुर्वेदीले कार्यालयका सम्पूर्ण शाखाको निरीक्षण गर्नुका साथै मातहत इकाइका प्रमुख तथा प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै संगठनको नीति, कार्ययोजना र प्राथमिकताबारे आवश्यक ब्रिफिङ तथा निर्देशन प्रदान गर्नुभयो।

उहाँले शान्ति सुरक्षा कायम राख्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी प्रहरी सेवा सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो।

निरीक्षण तथा निर्देशन कार्यक्रमले चितवन प्रहरीको कार्यक्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तर सुधार तथा संगठनात्मक सुदृढीकरणमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१५ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
126 Shares