

टेम्पो भीरबाट खसाल्ने घटनामा वन कार्यालयका १२ कर्मचारी पक्राउ, अनुसन्धान तीव्र
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा सडक किनारमा व्यापार गरेको आरोपमा एक महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालयका १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि अनुसन्धान अघि बढाउँदै १२ कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
गत शुक्रबार दिउँसो गोदावरी क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको आरोप लगाउँदै वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीले प्रयोग गर्दै आएको टेम्पोलाई हटाउने क्रममा भीरबाट खसालेका थिए। उक्त घटनापछि सार्वजनिक भएको भिडियोमा कर्मचारीहरूले टेम्पोलाई धकेल्दै भीरतर्फ लगेको दृश्य स्पष्ट देखिएपछि चौतर्फी आलोचना र विरोध भएको थियो।
घटनापछि डिभिजन वन कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए। उनीहरूले अतिक्रमण हटाउने क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो दुर्घटनावश खसेको दाबी गरेका छन्।
तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले कर्मचारीहरूको दाबीमाथि प्रश्न उठाएको छ। भिडियोमा टेम्पोलाई नियोजित रूपमा धकेलेर भीरबाट खसालिएको जस्तो देखिएपछि घटनाले राष्ट्रिय स्तरमै चर्चा पाएको छ।
स्थानीयवासी, नागरिक अगुवा तथा विभिन्न संघ–संस्थाले राज्यका निकायबाटै सर्वसाधारणको सम्पत्तिमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको भूमिका, कानुनी जिम्मेवारी तथा क्षतिको मूल्याङ्कनलगायत पक्षमा अनुसन्धान गरिरहेको जनाएको छ। यो घटनाले वन संरक्षणको नाममा हुने कार्यवाही कानुनी प्रक्रिया र मानव अधिकारको सीमाभित्र रहेर हुनुपर्ने विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
९ घण्टा अगाडि
1.3kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



