

हर्क साम्पाङको फरक दृष्टिकोण : बाँदर नियन्त्रणका लागि वनपाखामा फलफूलका बिरुवा रोप्ने प्रस्ताव
काठमाडौँ । आफ्नै पार्टीका सांसदहरूले बाँदरको समस्या समाधानका लागि नियन्त्रण वा मार्ने उपाय आवश्यक रहेको धारणा राखिरहेका बेला माननीय हर्क साम्पाङले भने फरक दृष्टिकोण सार्वजनिक गरेका छन्।
साम्पाङले बाँदरको विषयमा आफ्नो तर्क र व्यवहार अरूभन्दा भिन्न रहेको उल्लेख गर्दै वनपाखा तथा पहाडी क्षेत्रमा व्यापक रूपमा फलफूलका बिरुवा रोप्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
उनका अनुसार, यदि वन क्षेत्रभरि फलफूलका बिरुवा रोपिए बाँदरहरू बस्तीमा पस्ने नभई वनमै पर्याप्त आहार पाएर त्यहीँ रमाउने सम्भावना बढ्छ। “म चाहिँ वनपाखा सबै तिर फलफूलका बिरुवा लगाऔँ भन्छु, ताकि बाँदर वनपाखामै भुल्नेछन्,” उनले भने।
साम्पाङको यो प्रस्तावलाई बाँदर–मानव द्वन्द्व समाधानका लागि दीर्घकालीन र प्रकृतिमैत्री विकल्पका रूपमा पनि हेरिएको छ। तर यसबारे व्यवहारिक कार्यान्वयन र सम्भाव्यताका विषयमा भने थप बहस आवश्यक देखिन्छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१० घण्टा अगाडि
1.3kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



