प्रतिनिधिसभा बैठक आज बस्दै, गृहदेखि अर्थ मन्त्रालयसम्मको बजेटमाथि गहन छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल जारी रहने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि विस्तृत छलफल हुने भएको छ।
बजेटमाथिको छलफलका क्रममा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसदहरू गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णुमाया विक, ऐनबहादुर महर, पुष्पराज कँडेल तथा पद्माकुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
त्यसैगरी, सांसद मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको तथा सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको बजेट खर्च रकममा कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ।
आजको बैठकलाई चालु आर्थिक वर्षको बजेटमाथिको महत्त्वपूर्ण संसदीय बहसका रूपमा हेरिएको छ, जहाँ विभिन्न मन्त्रालयहरूको खर्च, कार्यसम्पादन र प्राथमिकतामाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
416 Shares