परराष्ट्रमन्त्री शिशिर खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विविध क्षेत्रहरूमा आपसी सहयोग विस्तार गर्ने विषयमा दुई पक्षबीच गहन विचार–विमर्श भएको थियो।

भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा मन्त्री खनालले नेपाल–चीनबीच जनस्तरको सम्बन्ध विस्तार, आपसी विश्वास अभिवृद्धि र दुवै देशको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः पुष्टि भएको उल्लेख गरेका छन्।

सोही दिन परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय राजनीतिक तथा पार्टी–स्तरीय सम्बन्धबारे समेत विचार आदान–प्रदान भएको बताइएको छ।

त्यस्तै, उनले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च’ तथा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गर्दै त्यहाँका अनुसन्धान तथा वैज्ञानिक गतिविधिबारे जानकारी लिएका थिए।

भ्रमणका क्रममा आइतबार मन्त्री खनालले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गरेका थिए।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
136 Shares