

विश्वकपको नाममा ‘फ्री स्ट्रिमिङ’ ठगी: सयभन्दा बढी नेपालीबाट २ करोड ६८ लाखभन्दा बढी रकम गुम्यो
काठमाडौं । विश्वभर फुटबलको माहोल तातिरहेका बेला विश्वकप फुटबल निःशुल्क हेर्न पाइने प्रलोभनमा पारेर नेपालीलाई लक्षित गर्दै ठूलो मात्रामा साइबर ठगी भएको खुलासा भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार हालसम्म मात्रै सयभन्दा बढी उजुरी परेका छन् भने पीडितहरूले कुल २ करोड ६८ लाख रुपैयाँभन्दा बढी गुमाएका छन् ।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार ठगीको श्रृंखला विश्वकप सुरु हुनुभन्दा पनि करिब एक महिनाअघि नै सुरु भएको देखिएको छ । “पहिलो जाहेरी ६ जेठमै परेको हो । हालसम्म सयवटा भन्दा बढी जाहेरी दर्ता भएका छन् र ठगी रकम २ करोड ६८ लाखभन्दा बढी पुगेको विवरण छ,” उनले बताए ।
उनका अनुसार ठगहरूले ‘निःशुल्क फुटबल हेर्न पाइने’ भन्दै मोबाइलमा एन्ड्रोइड इन्स्टलर (APK) फाइल डाउनलोड गर्न लगाउने गरेका छन् । त्यसपछि प्रयोगकर्तालाई निरन्तर ‘परमिसन अलाउ’ गर्न बाध्य पारिन्छ, जसको क्रममा मोबाइल नियन्त्रणमा पुग्ने गरी मालवेयर सक्रिय हुने गरेको पाइएको छ ।
एकपटक एप इन्स्टल र अनुमति दिइएपछि पीडितको बैंकिङ एप्समा पहुँच बनाइ रकम ट्रान्सफर गर्ने क्रम सुरु हुने गरेको अनुसन्धानले देखाएको छ । धेरैजसो अवस्थामा प्रयोगकर्ताले रकम झिकिएको सूचना आएपछि मात्रै आफू ठगिएको थाहा पाउने गरेका छन् ।
प्रहरीका अनुसार ह्याक गरिएको रकम विभिन्न तह (लेयर) हुँदै अन्ततः नेपाली नागरिककै बैंक खातामा जम्मा हुने गरेको छ । यसले ठगी नेटवर्क स्थानीय बैंक खाता प्रयोग गरेर सञ्चालन भइरहेको संकेत गरेको छ ।
“रकम अन्तिम चरणमा नेपाली नागरिककै खातामा पुगेको देखिन्छ,” एसपी गिरीले भने, “यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ, केही दिनमै थप तथ्य सार्वजनिक हुनेछ ।”
यसैबीच, विश्वकपसँग सम्बन्धित साइबर ठगी र सट्टेबाजी गतिविधि बढ्न सक्ने भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि निगरानी बढाएको छ । कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार हालसम्म यस विषयमा औपचारिक जाहेरी भने दर्ता भएको छैन ।
प्रहरीले सर्वसाधारणलाई अपरिचित लिंक, APK फाइल तथा ‘फ्री स्ट्रिमिङ’ जस्ता आकर्षक प्रस्तावबाट सतर्क रहन आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



