

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
काठमाडौं – युवा पर्यटन व्यवसायी एंव समाजसेवी सुदामा कार्की क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको छन् । असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका आकांक्षी कार्कीले पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन आफूले योगदान दिन उम्मेदवार बन्न लागेको बताएका छन् । कार्की रास्वपा काठमाडौं महानगर अधिबेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए ।
लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय कार्की सफल पर्यटन व्यवसायीका रूपमा परिचित छन् । पर्यटन क्षेत्रको व्यावहारिक अनुभव, व्यवस्थापकीय क्षमता तथा निजी क्षेत्रसँगको सहकार्यलाई राजनीतिक नेतृत्वमार्फत राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले उनले रास्वपाको केन्द्रीय सदस्य पदमा आकांक्षा व्यक्त गरेका हुन् ।
कार्की हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रूपमा समेत सक्रिय छन् । सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ ।
असहाय बालबालीकाहरुको बासस्थान तथा शिक्षामा योगदान गर्दै आएका कार्कीले उनीहरुको हक र हितको लागी आवाज उठाउँदै आएका छन् । कार्कीले लामो समय विश्वभाषा क्याम्पसमा जर्मन भाषाको अध्यापन पनि गरे ।
उनले देशमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई राजनीतिमा सहभागी गराएर सकारात्मक परिवर्तन सम्भव रहेको उनको भनाइ छ ।
कार्कीले पार्टीभित्र अनुभव, क्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार बनाएर नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै रास्वपाको संगठन विस्तार तथा जनविश्वास अभिवृद्धिमा आफू निरन्तर लागि पर्ने बताएका छन् । उनले विश्वका पचासौं देशका भ्रमण गरिसकेका छन् ।
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि रास्वपाका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।
पर्यटन, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै कार्कीले रास्वपाको केन्द्रीय तहमा जिम्मेवारी पाउने विश्वास व्यक्त गरेका छन् ।
उनका समर्थकहरूले पनि पार्टीलाई बलियो बनाउन सक्षम, अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा कार्कीलाई केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका छन् ।
उनी पार्टीमा लामो समयदेखी सक्रिय रहँदै आएका छन् ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



