

ललितपुर प्रहरीको यो कस्तो कमजोरी ? जबर्जस्ती करणीमा पक्राउ परेका व्यक्तिका बारे गुपचुप,वेबसाइटमा राख्न नमिल्ने डिएसपीको दावी
ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ ईमाडोलमा गत चैत २२ गते आफू जबर्जस्ती करणीमा परेको भन्दै गत आइतबार जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले जाहेरी दिएकी छिन।जाहेरीमा पिडित महिलाले आफु ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासी ,आरुबोट बस्ने बताएकी हुन।
स्थायी घर सर्लाही भई बारा जिल्लाको सिमारामा होटल व्यावसाय गर्दै आएका केसीले नाताले आफ्नै दिदी पर्ने एक महिलालाई गत चैत २२ गते बेलुकी अन्दाजी नौ बजेर ३० मिनेटमा अत्याधिक मदिरा सेवन गर्दै जबर्जस्ती करणी गरेको पिडित महिलाको गुनासो छ।जाहेरीमा उल्लेख भए अनुसार पिडक केसीले पिडित महिलालाई पनि जबर्जस्ती मदिरा पिलाएको पनि उल्लेख छ।
पिडित महिलाका अनुसार उनका पतिको २०८२ साल बैशाख महिनामा मृत्यु भएको थियो।उनका अनुसार पतिको मृत्यु भएको वर्षदिनको काम नसक्दै नाताले आफ्नै भाइ पर्ने प्रकाश केसी भन्ने शुसिल केशीले जबर्जस्ती करणी गरेका हुन ।जाहेरीमा उल्लेख भए अनुसार पिडक सुशील केसीले जबर्जस्ती करणी पछि बाहिर हल्लागरे तलमाथि हुनसक्ने भन्दै बारम्बार मानसिक तनाब दिएपछि हाल उनी मानसिक समस्यामा पर्दै औषधि समेत सेवन गरेकी छिन।
सोर्तका अनुसार पिडित महिलाको जाहेरी पर्नासाथ ललितपुर प्रहरी र बारा प्रहरीको समन्वयमा बारा प्रहरीले पिडक केसीलाई सिमराबाट गत बुधबार पक्राउ गरि प्लेन मार्फत काठमाडौं ल्याई ललितपुर प्रहरीलाई जिम्मा लगाएको थियो।
तर सामान्य पकेटमाराको समेत फोटो सार्वजनिक गर्दै मानिस पक्राउको सुचना आफ्नो फेसबुक पेजमा राख्ने ललितपुर प्रहरीले यत्रो जघन्य अपराधको आरोप सहित पक्राउ परेका व्यक्तिको बारे भने किन आफ्नो फेसवुक पेजमा राखेन ? वा राख्नै नमिल्ने हो ? जबर्जस्ती करणीमा पक्राउ परेका सुशील केसीको बारे आज ७ दिन सम्म वेबसाइटमा नराख्नु कतै ललितपुर प्रहरीको बदनियत त हैन भन्ने प्रश्न उठछ।यश विषयमा प्रहरी परिसर ललितपुरका मुद्दा शाखा प्रमुख डिएसपी मधु कुँवरसँग बुझ्दा जबर्जस्ती करणीमा पक्राउ परेका व्यक्तिहरुका बारे पक्राउको सुचना वेबसाइटमा राख्ने नगरेको जवाफ दिएका छन ।
हाल अनुसन्धानमा रहेको पिडित महिलाको नाम जाउलाखेल चालिस दिइएको छ भने मुद्दा नम्बर १०४२ रहेको बुझिएको छ।यता पिडित महिला भने आफु एकातिर समाजले हेर्ने दृस्टीकोण र अर्को तिर जबर्जस्ती करणीको सिकार बनेकाले मानसिक रुपमा कमजोर अबस्थामा पुगेको बताएकी छिन।त्यस्तै जबर्जस्ती करणी जस्तो जघन्य अपराध कर्मलाई मेलमिलापमा मिलाउन नेकपा एमाले विराटनगर र सर्लाहीका पहुँचवाला नेतानै प्रहरी परिसर ललितपुर धाइरहेका पिडित महिला (जाउलाखेल चालिस)को आरोप छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
११ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



