वडाध्यक्षमाथि मुक्का प्रहारको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहार मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन् । घटनापछि उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा पत्रकार ऐश्वर्या कुँवरले हातपात गरेकी हुन् । कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

घटनापछि तत्काल वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ ।

वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
301 Shares