

भरतपुरमा रु. १.४६ अर्ब लगानीमा १० हजार मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेज निर्माण हुँदै

चितवन । कृषिजन्य उत्पादनको भण्डारण क्षमता विस्तार गर्ने लक्ष्यसहित एग्रिभास्तु कोल्ड स्टोरेज प्रालिले भरतपुरमा १० हजार मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेज निर्माणलाई तीव्रता दिएको छ। कम्पनीले यस परियोजनामा रु. १ अर्ब ४६ करोड १० लाख लगानी गरिरहेको जनाएको छ।
उद्यमी मिनबहादुर गुरुङ, उमेश श्रेष्ठ, आशिष शर्मा र किरणको लगानी रहेको कम्पनीका अनुसार परियोजनाको निर्माण कार्य हाल ३८.४३ प्रतिशत सम्पन्न भइसकेको छ। गत वर्षको जेन–जी आन्दोलनका कारण केही समय निर्माण प्रभावित भए पनि अहिले कामले गति लिएको कम्पनीले जनाएको छ।
कम्पनीले सन् २०२५ मा रु. १ अर्ब १२ करोड ९० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको रु. १३ करोड ७० लाखको तुलनामा उल्लेखनीय वृद्धि हो।
परियोजना ७०:३० ऋण–इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गरिएको छ। कम्पनीका अनुसार भरतपुरस्थित कोल्ड स्टोरेज व्यावसायिक रूपमा सञ्चालनमा आएपछि काठमाडौंमा पनि १० हजार मेट्रिक टन क्षमताको अर्को कोल्ड स्टोरेज निर्माण गर्ने योजना रहेको छ।
परियोजना सञ्चालनमा आएपछि कृषि उपजको सुरक्षित भण्डारण, खाद्य आपूर्ति व्यवस्थापन तथा किसानलाई बजार व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले नेपालको कृषि पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





