साउनको दोस्रो सोमबार पशुपतिनाथमा १ लाख ५० हजारभन्दा बढी भक्तजन, बिहान ३ बजेदेखि खुल्यो मन्दिर

काठमाडौं । साउनको दोस्रो सोमबार पशुपतिनाथ मूल मन्दिरमा १ लाख ५० हजारभन्दा बढी भक्तजनले श्रद्धापूर्वक दर्शन गरेका छन्। भक्तजनको अत्यधिक भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको जनाएको छ।

दर्शनार्थीहरूको चापलाई मध्यनजर गर्दै बिहान ३:०० बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको थियो। दर्शनलाई सहज बनाउन विभिन्न स्थानमा अस्थायी आकाशे पुल निर्माण गरिएको थियो भने जुत्ता–चप्पल राख्ने स्थानको व्यवस्था र लाम बस्ने क्षेत्रमा कार्पेट बिछ्याइएको थियो।

भक्तजनको सुरक्षा र सहज आवागमनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। कोषका अनुसार दिनभर श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको र दर्शन तथा पूजाआजा व्यवस्थित रूपमा सम्पन्न भएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
445 Shares