

प्रहरी वृत्त बौद्धमा आन्तरिक व्यवस्थापनमाथि प्रश्न : ट्याईसी र मुद्दा शाखाको भूमिकाबारे गुनासो

काठमाडौं । प्रहरी वृत्त बौद्धको आन्तरिक व्यवस्थापन र कार्यशैलीबारे विभिन्न गुनासाहरू सार्वजनिक हुन थालेका छन्। विशेषगरी कार्यालयभित्रको समन्वय, जिम्मेवारी बाँडफाँट र मातहत कर्मचारीको भूमिकाले नेतृत्वलाई कस्तो असर पार्छ भन्ने विषयमा चर्चा चुलिएको छ।
स्रोतका अनुसार विगतका केही समययता वृत्त बौद्धमा कार्यरत केही नेतृत्व विवादमा तानिनुको एउटा कारण ट्याईसी (कार्यालय व्यवस्थापन तथा समन्वयसँग जोडिएको भूमिका) प्रभावकारी नहुनु रहेको बताइन्छ। ट्याईसीको भूमिका कमजोर हुँदा कार्यालय प्रमुखलाई प्रशासनिक तथा व्यवस्थापकीय चुनौती थपिने प्रहरी वृत्तभित्रै चर्चा हुने गरेको छ।
वृत्त बौद्धमा पछिल्ला समय आएका केही डीएसपीहरू समेत विवादमा परेको प्रसंग जोड्दै स्रोतले ट्याईसी र आन्तरिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
यस्तै, मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर रेवती पोखरेलको कार्यशैलीप्रति समेत केही असन्तुष्टि रहेको चर्चा प्रहरी वृत्तभित्र सुनिन थालेको छ। यद्यपि, यस विषयमा सम्बन्धित अधिकारीहरूको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
प्रहरी संगठनमा नेतृत्व सफल बनाउन कार्यालयभित्रको टिमवर्क, पारदर्शिता र प्रभावकारी समन्वय महत्वपूर्ण मानिन्छ। नयाँ जिम्मेवारी सम्हाल्न आएका डीएसपीलाई विगतका अनुभवबाट पाठ सिक्दै विवादरहित, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने चुनौती रहेको छ।
प्रहरी वृत्त बौद्धमा सुधार, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेतृत्व र मातहत कर्मचारीबीचको सहकार्य आवश्यक देखिएको छ।
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
४ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





