आज संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका तीन कार्यक्रम हुँदै

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिले आज सोमबार विभिन्न तीन कार्यक्रम आयोजना गर्ने भएको छ।

मोर्चाका अनुसार बिहान १०ः३० बजे अनामनगरस्थित संवाद डबली हलमा बोडे होल्डिङ सेन्टरमा आत्महत्या गर्न विवश भएको भनिएका स्व. हिरा हजारा दुसादको घटनाबारे सरकारको रवैयाका विषयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ।

त्यसैगरी बिहान ११ः३० बजे ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय मानव अधिकार आयोगमा सरकारद्वारा जबर्जस्ती उठिबास गराइएको तथा मानव अधिकार उल्लंघन भएको भन्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

मोर्चाले दिउँसो २ः३० बजे काठमाडौंको माइतीघर मण्डलामा स्व. हिरा हजारा दुसादको श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ।

मोर्चाले आफ्ना माग, सरकारको कार्यशैली तथा सुकुम्बासी समुदायका अधिकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

Facebook Comments Box
TOP
30 Shares