सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

गएराति करिब १०ः२५ बजे सडकको माथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि नारायणगढ–काठमाडौँ सडकखण्ड दुवैतर्फी बन्द भएको चितवन प्रहरीले जनाएको छ।

पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। सडक खुलाउन पाँच वटा उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो ठूलो भएकाले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

प्रहरीले सडक खुल्ने समय निश्चित नभएकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा पहिरो प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

Facebook Comments Box
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

TOP
15 Shares