

लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा हालै भएको घटनालाई सिंगो प्रहरी संगठनमाथिको प्रहारका रूपमा लिनुपर्ने बताएका छन्।
आईजीपी कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्दै लेखा समितिको बैठकमा प्रहरी नेतृत्वप्रति भएको व्यवहारबारे गम्भीर चासो व्यक्त गरेका हुन्। भेटका क्रममा उनले सभामुख अर्यालसमक्ष, ‘लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो, यसमा तपाईंको धारणा के हो?’ भन्दै विषयलाई गम्भीर रूपमा उठाएका थिए।
जवाफमा सभामुख अर्यालले आफू पनि घटनाबारे गम्भीर रहेको बताएका थिए। उनले यस विषयमा लेखा समिति सभापतिसँग समेत कुराकानी गरिसकेको जानकारी दिँदै घटनालाई थप हेर्ने बताएका थिए।
भेटका क्रममा सभामुख अर्यालले प्रहरी नेतृत्वलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिएका थिए। उनले व्यवस्थापिका संसद्को तर्फबाट प्रहरी संगठनलाई आवश्यक साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाएका थिए।
लेखा समिति बैठकमा भएको घटनापछि प्रहरी नेतृत्व र संसद्बीच देखिएको संवादलाई प्रहरी संगठनको मनोबल, संसदीय मर्यादा तथा राज्यका सुरक्षा निकायप्रति गरिनुपर्ने संस्थागत सम्मानसँग जोडेर हेरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





