

सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
सभामुख अर्याल र आईजीपी कार्कीबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता तय भएको हो । भेटमा संसदीय मर्यादा तथा हालै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा भएको घटनाका विषयमा छलफल हुने बताइएको छ ।
गत बुधबार सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका लागि पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल भएको थियो । छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल सहभागी थिए । गृहमन्त्री सुधन गुरुङलाई बैठकमा आमन्त्रण गरिए पनि उनी उपस्थित भएनन् ।
बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरीका पोशाक तथा जुत्ता खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका थिए ।
उक्त बैठकमा व्यक्त भएका धारणा र त्यसपछि उत्पन्न विवाद सामाजिक सञ्जालसम्म पुगेपछि विषय थप चर्चामा आएको थियो । यही पृष्ठभूमिमा सभामुख र आईजीपीबीच हुने भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटवार्तामा संसदीय समितिका बैठकमा सुरक्षा निकायका प्रमुखहरूसँग गरिने व्यवहार, संसदीय मर्यादा र पछिल्लो घटनाबाट उत्पन्न विवादका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





