

बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यातायात ठप्प भएको हो।
गएरातिदेखि परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिकै ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।
दुवै राजमार्ग सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि बागलुङ हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। लगातार वर्षा भइरहेकाले पहिरो तथा बाढीको जोखिम थप बढ्न सक्ने भन्दै प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
गाईजात्रा २०८३ मा सहभागी हुन जिएसएम समुदायलाई सुनिल बाबुको आह्वान
-
सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने
-
सुस्तामा तस्करीको ‘लाइन’ चलेको आरोप, दैनिक दुई ट्रकसम्म सामान भित्रिने दाबी
-
तस्करी आरोपमा बाराका एसपी हेडक्वार्टर तानिए
-
खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’
बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
१२ घण्टा अगाडि
800Views 15 Shares Share on Facebook Share on Twitter बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई…





