

खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरिएको टिप्पणीप्रति नेपाल प्रहरीका पूर्वप्रहरी संगठन प्रमुखहरूको मञ्चले कडा आपत्ति जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बुधबार समितिको बैठकमा आईजीपी कार्कीको घरबाट तीन करोड रुपैयाँ चोरी भएको दाबी तथा पोशाक खरिदलगायतका विषय उठाउँदै छानबिनका लागि आईजीपीलाई पदबाट हटाउनुपर्ने धारणा राखेका थिए। उक्त अभिव्यक्तिप्रति आईजीपी कार्कीले समेत बैठकमै असन्तुष्टि व्यक्त गरेका थिए।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वप्रहरी महानिरीक्षकहरूको मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीजस्तो गरिमामय सुरक्षा संगठन र त्यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक तथा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन नसक्ने जनाएको छ।
मञ्चका अध्यक्ष मोतिलाल बोहराद्वारा जारी विज्ञप्तिमा नेपाल प्रहरीको नेतृत्व कानुनी प्रक्रिया, व्यावसायिक निष्ठा, विज्ञता र इमानदारीका आधारमा चयन हुने संस्थागत पद भएको उल्लेख गर्दै जनप्रतिनिधिबाट राष्ट्रको जिम्मेवार सुरक्षा निकाय र यसको नेतृत्वमाथि पूर्वाग्रही तथा व्यक्तिलक्षित टिप्पणी हुनु दुःखद भएको बताइएको छ।
मञ्चले सांसद सुनारलाई आफ्नो भाषाशैली र व्यवहारमा सुधार गर्दै पदीय जिम्मेवारीको गाम्भीर्यलाई मनन गर्न तथा यस्ता मनोगत अभिव्यक्ति नदोहो¥याउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सभ्य र मर्यादित भाषाशैलीले नै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउँछन्।” साथै, सांसद सुनारबाट नेपाल प्रहरी र वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतका विषयमा व्यक्त विचार संसदीय मर्यादा, पदीय गरिमा र शिष्टाचारविपरीत रहेको मञ्चको ठहर छ।
मञ्चले संसदीय समितिमा राष्ट्र र जनसरोकारका विषयमा पर्याप्त छलफल तथा निर्मम बहस हुनुपर्ने अधिकारलाई पूर्ण रूपमा सम्मान गर्ने स्पष्ट पारेको छ। तर, देश र जनताको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी र यसको नेतृत्वमाथि तथ्यहीन तथा अपमानजनक भाष्य निर्माण गर्ने प्रयास स्वीकार्य हुन नसक्ने उसको भनाइ छ।
पूर्वप्रहरी प्रमुखहरूको मञ्चले सांसदजस्तो गरिमामय र जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने अमर्यादित अभिव्यक्तिले संसदीय व्यवस्थाकै साखमाथि प्रश्न उठ्ने जोखिम रहेकोसमेत चेतावनी दिएको छ।
यससँगै आईजीपी कार्कीमाथि सार्वजनिक रूपमा उठाइएका आरोप र टिप्पणीलाई लिएर पूर्वप्रहरी नेतृत्वसमेत एकमत भएर अघि आएपछि उक्त विषय थप गम्भीर र चर्चाको विषय बनेको छ।
समाज
थप सामाग्री-
गाईजात्रा २०८३ मा सहभागी हुन जिएसएम समुदायलाई सुनिल बाबुको आह्वान
-
सभामुख र आईजीपीबीच भेटवार्ता तय, संसदीय मर्यादा र समिति बैठकको घटनाबारे छलफल हुने
-
सुस्तामा तस्करीको ‘लाइन’ चलेको आरोप, दैनिक दुई ट्रकसम्म सामान भित्रिने दाबी
-
तस्करी आरोपमा बाराका एसपी हेडक्वार्टर तानिए
-
खगेन्द्र सुनारविरुद्ध पूर्वप्रहरी प्रमुखहरू कडा : ‘भाषाशैली सुधार्दै यस्ता अभिव्यक्ति नदोहोर्याउनू’
बाढीपहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
१३ घण्टा अगाडि
800Views 15 Shares Share on Facebook Share on Twitter बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई…





