आज साउन २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष– बेकरिङ, क्याटरिङ, फास्टफुड तथा भाँडाकुँडाको व्यापार गर्नेका लागि दिन राम्रो छ । ग्राहकको विश्वास जित्न भने समय लाग्न सक्छ । परिवारमा सुख शान्ति रहनेछ । प्रतिस्पर्धामा योजनाबद्ध तयारी गरे सफलता मिल्नेछ ।

वृष- शिक्षा र लेखन क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षमता देखाएर प्रशंसा पाउने समय छ । नयाँ कुरा सिक्ने अवसर मिल्न सक्छ । साथीभाइसँग रमाइलो हुनेछ भने प्रेम सम्बन्धमा खुसी मिल्नेछ ।

मिथुन- दैनिक खर्च बढ्नेछ, त्यसैले आर्थिक कारोबारमा सचेत रहनुहोस् । घर जग्गा वा सेयरमा लगानीको योजना बन्न सक्छ । पति पत्नीबीच सामान्य मतभेद हुन सक्ने भएकाले धैर्य राख्नु राम्रो हुनेछ ।

कर्कट- स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीमा रुचि बढ्नेछ । रोकिएका काम फेरि प्रयास गर्दा सफल हुनेछन् । साथीभाइ तथा सहकर्मीको सहयोग मिल्नेछ । रमाइलो भेटघाटले दिन थप सुखद बन्नेछ ।

सिंह- सम्बन्धका लागि दिन राम्रो भएपनि अनावश्यक बहस नगर्नुहोस् । व्यापारमा घाटा वा धनमाल हराउने जोखिम छ । ग्राहकसँग व्यवहार गर्दा नम्रता अपनाउनु राम्रो हुनेछ।

कन्या- जोखिमपूर्ण काममा पैसा नलगाउनुहोस् । आम्दानी बढ्ने सम्भावना छ । प्रशासनिक तथा व्यवस्थापकीय काममा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्न वा घुमफिर गर्न समय अनुकूल छ।

तुला- मन एकाग्र गर्न कठिन हुन सक्छ । धेरै महत्वाकांक्षा राख्दा समस्या आउन सक्छ । सम्बन्धमा पारदर्शिता कायम गर्नुहोस् । सानो कुरा लुकाउँदा विश्वासमा समस्या आउन सक्छ।

वृश्चिक- रोकिएको काम फेरि अघि बढाउने समय हो । मेहनतको राम्रो परिणाम मिल्नेछ । पुराना साथी वा विदेशमा रहेका आफन्तसँग भेटघाट हुन सक्छ । विदेश जाने योजना बनाउन पनि दिन राम्रो छ ।

धनु- कामको चाप बढ्नेछ तर मेहनतको राम्रो फल पाइनेछ । नेतृत्व र निर्णय क्षमता प्रभावकारी रहनेछ । करियर तथा व्यवसायमा सुधारको संकेत छ । प्रयास गरे रोकिएको काम पनि बन्न सक्छ ।

मकर- नयाँ अनुभवले काम गर्ने शैलीमा सुधार ल्याउनेछ । वरिष्ठको सहयोगमा समस्या समाधान हुनेछ । प्रेम सम्बन्धमा खुसी मिल्नेछ । आकस्मिक लाभको सम्भावना पनि देखिन्छ ।

कुम्भ- चुनौतीभित्र अवसर खोज्ने समय हो । जटिल काममा प्रयास गर्दा सफलता मिल्न सक्छ । कागजपत्रमा हस्ताक्षर गर्दा भने विशेष सावधानी अपनाउनुहोस् । मनमा तनाव र थकान बढ्न सक्छ ।

मीन- मनोरञ्जन र रमाइलोमा समय बित्नेछ । कामकाजी महिलाका लागि प्रगतिको योग छ । नयाँ साथी बन्ने तथा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साथी वा सहकर्मीको सहयोगले काममा सफलता मिल्नेछ ।

Facebook Comments Box
TOP
15 Shares