

काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा टेकुस्थित निगम परिसर, यातायात कार्यालय परिसर चावहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट विभिन्न ब्रान्डका एलपी ग्यास सिलिण्डर बिक्री गरिने निगमले जनाएको छ।
निगमका अनुसार ती बिक्री केन्द्रमा नेपाल, एचपी, एभरेष्ट सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री हिमाल, एपी, श्रीमाया, श्रीकृष्ण, साइवावा, ओम, भानु, एसटीसी, लोकप्रिय र सूर्यासहित विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध हुनेछन्।
ग्यास खरिद गर्न आवश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर सिलिण्डर खरिद गर्न सक्नेछन्।
यद्यपि, निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको स्पष्ट पारेको छ। बजारमा असहज अवस्था सिर्जना हुन नदिन विशेष बिक्री केन्द्रबाट अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुनसमेत आग्रह गरेको छ। निगमले आपूर्ति व्यवस्था सहज बनाउन आवश्यक समन्वय भइरहेको जनाएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





