काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीहरूसँगको समन्वयमा निगमले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री गर्ने जनाएको छ। नियमित बिक्रेतामार्फत ग्यास प्राप्त गर्न नसकेका तथा अति आवश्यक परेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।

निगमका अनुसार टेकुस्थित निगम परिसरमा नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीराम र सगर ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

त्यसैगरी पशु सेवा शाखा, चपली–बुढानीलकण्ठमा नेपाल, एचपी र भानु, राधास्वामी, कीर्तिपुर परिसरमा नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया तथा नयाँ बजार जुडो हल परिसरमा नेपाल, एचपी र ओम ब्रान्डका सिलिण्डर बिक्री गरिनेछ।

तारकेश्वर नगरपालिका परिसरमा नेपाल र एचपी, चन्द्रागिरि नगरपालिका कार्यालयमा लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा नेपाल, एचपी, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी ब्रान्डका ग्यास उपलब्ध हुने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र नियमित बिक्रेतामार्फत समेत वितरण जारी रहेको स्पष्ट पारेको छ। त्यसैले नियमित बिक्रेताबाट ग्यास पाउन सकिरहेका उपभोक्तालाई अनावश्यक रूपमा बिक्री केन्द्रमा भीड नगर्न आग्रह गरिएको छ।

यसअघि शनिबार निगमले काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरेको थियो। आज सात स्थानबाट वितरण विस्तार गरिएपछि तत्काल ग्यास आवश्यक परेका उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

निगमले ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई तोकिएको समय र स्थानमा आवश्यक परिचयपत्रसहित उपस्थित भएर सेवा लिन आग्रह गरेको छ।

Facebook Comments Box
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

TOP
15 Shares