

करदाता प्रोत्साहन योजनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदै

काठमाडौं, १ भदौ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार योजनाअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गर्ने भएको छ। अर्थ मन्त्रालयमा हुने कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले विजेता घोषणा गर्ने तयारी छ।
विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहार योजनाका लागि दर्ता भएका छन्। क्यूआरमार्फत स्वतः सहभागी हुने कारोबार पनि बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। पछिल्लो १७ दिनमा योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको विभागले जनाएको छ।
सोही अवधिका कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ। प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन् भने २५ प्रतिशत कर कट्टीपछि हातमा १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। १७ विजेतामध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्, जसमा २५ प्रतिशत कर लाग्नेछ।
विभागले उपभोक्तालाई प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्दै आएको छ। बिल लिने उपभोक्ताको सहभागिता बढेसँगै उपहार योजनामा दर्ता हुने कारोबारको संख्या पनि उल्लेख्य रूपमा बढेको विभागको तथ्यांकले देखाएको छ।
समाज
थप सामाग्री
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्।…





