

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा तीज गीतहरूको रौनक बढ्न थालेको छ । यही अवसरलाई लक्षित गर्दै प्रेम, आकर्षण, मौलिकता र नेपाली तीजको सांस्कृतिक सुगन्धलाई समेटिएको नयाँ गीत ‘मेरो माया जुनीभरीलाई’ सार्वजनिक भएको छ । ‘मेरो माया जुनीभरीलाई’ शीर्षकले नै प्रेमको गहिराइ र जीवनभरको साथको भावनालाई संकेत गर्छ । तीज केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई नेपाली नारीहरूको भावना, संस्कृति, भेटघाट र खुसी साटासाट गर्ने विशेष अवसरका रूपमा पनि स्थापित छ । यही सांस्कृतिक परिवेशलाई प्रेमिल भावसँग जोड्दै गीतलाई तयार पारिएको छ ।
सुमन सागर जंग के.सी. ले निर्देशन गरेको यो भिडियोमा लोकप्रिय संगीतकार मोहित मुनालको शब्द तथा संगीत रहेको छ भने प्रतिभाशाली गायक निरज के.सी. र गायिका निरुता गैरेको सुमधुर स्वर सुन्न सकिनेछ । गीतमा प्रेमको मिठाससँगै तीजको उमंग, रमाइलोपन र नेपालीपनलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
गीतको भिडियोमा कलाकार सुमन सागर जंग के.सी., आशा कार्की, बास्मती के.सी. र अलिशा पाण्डेको अभिनय रहेको छ भने कोरियोग्राफि किसन भुसालको गरेका छन । भिडियोको छायांकन रेशम दर्लामी मगरले गरेका छन् । टेकेन्द्र शाहले सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन भने निर्मला आचार्यको मेकअप रहेको छ ।
गीतको संगीत संयोजन यम थापा मगरले गरेका छन भने गीतको रेकर्डिङ ओजोन काठमाडौं तथा तामाङ रेकर्डिङ स्टुडियो, यूएईमा गरिएको हो । नेपाल र विदेशमा रहेका नेपाली स्रष्टाहरूको सहकार्यमा तयार भएको यस गीतले नेपाली संगीतको विस्तार हुँदै गएको दायरालाई समेत झल्काएको छ।
नेपाली मौलिकता र आधुनिक प्रस्तुतीकरणको संयोजनमा तयार पारिएको ‘मेरो माया जुनीभरीलाई’ यस वर्षको तीजमा दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । गीतले तीजको उल्लासमा प्रेमको मिठास थप्नुका साथै नेपाली कला, संस्कृति र संगीतप्रतिको आकर्षणलाई अझ सशक्त बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।
तीजको उल्लास, प्रेमको मिठास र नेपाली संस्कृतिको सुन्दर संगम बनेको ‘मेरो माया जुनीभरीलाई’ सम्पूर्ण दर्शक तथा स्रोताका लागि एउटा विशेष सांगीतिक कोसेली बन्ने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
३ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





