

तीन वर्षीया बालिका झाडीमा मृत फेला, घरकै एक व्यक्ति नियन्त्रणमा

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चौकमा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी तीन वर्षीया छोरी खुशी भनिने सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन्। परिवारका सदस्यले बालिका बेपत्ता भएको जानकारी दिएपछि खोजतलास गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको हो।
बालिकाको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपक खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको छ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ र गतिविधि शंकास्पद देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
पेटी ठेक्काको आडमा ठगीको साम्राज्य : हर्क श्रेष्ठमाथि निष्पक्ष छानबिन अब अनिवार्य
-
आज भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
३ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित,…





