
शिवजी क्षेत्रीको निर्देशन तथा अभिनयमा ‘मेरी उनीलाई’ बजारमा (भिडियोसहित) सार्वजनिक।

कलाकार शिवजी क्षेत्रीको मुख्य भूमिका, कोरियोग्राफी तथा निर्देशन रहेको नयाँ मर्मस्पर्शी सांगीतिक कोसेली ‘मेरी उनीलाई’ सार्वजनिक भएको छ। गायिका जमुना सनमको आधिकारिक युट्युब च्यानल ‘JAMUNA SANAM’ मार्फत उक्त गितको आधिकारिक भिडियो बजारमा ल्याइएको हो।
विशेष गरी भिडियो निर्माणमा शिवजी क्षेत्रीको बहुआयामिक योगदान र मुख्य भूमिका रहेको छ। उनले गितको भिडियोमा कोरियोग्राफी (नृत्य निर्देशन) र निर्देशनको जिम्मेवारी कुशलतापूर्वक निभाउनुका साथै आकर्षक अभिनय समेत पस्किएका छन्। भिडियोमा क्षेत्रीसँगै मोडल बिना विश्वकर्माको जीवन्त तथा सशक्त अभिनय देख्न सकिन्छ।
ईश्वरी घिमिरेको प्रस्तुतिमा तयार भएको यस गितमा चर्चित गायिका जमुना सनम र ईश्वरी घिमिरेको मिठासपूर्ण स्वर रहेको छ। गितका भावुक तथा मौलिक शब्दहरू शिव अखेलीले सिर्जना गरेका हुन् भने संगीत स्वंय ईश्वरी घिमिरेले भरेका हुन्।
गितको संगीत संयोजन (अरेन्ज) राजु सुनामले गरेका हुन् भने ओजन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका हुन्।
छायांकन महेश महराले गरेका हुन् भने दृश्य सम्पादन नविन घर्ती मगरले गरेका हुन्। मोडलहरूको शृङ्गार (MUA) पुनम चौधरीले गरेकी हुन्। भिडियोको पोस्ट प्रोडक्सन शिवजी डान्स सेन्टर (Shivaji Dance Center) 9807512399मार्फत गरिएको छ।
युट्युबमा सार्वजनिक भएसँगै यस गित तथा भिडियोलाई दर्शक एवं श्रोताहरूले निकै रुचाएका छन् र राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





