

शिवजी क्षेत्रीको निर्देशन तथा अभिनयमा ‘मेरी उनीलाई’ बजारमा (भिडियोसहित) सार्वजनिक।

कलाकार शिवजी क्षेत्रीको मुख्य भूमिका, कोरियोग्राफी तथा निर्देशन रहेको नयाँ मर्मस्पर्शी सांगीतिक कोसेली ‘मेरी उनीलाई’ सार्वजनिक भएको छ। गायिका जमुना सनमको आधिकारिक युट्युब च्यानल ‘JAMUNA SANAM’ मार्फत उक्त गितको आधिकारिक भिडियो बजारमा ल्याइएको हो।
विशेष गरी भिडियो निर्माणमा शिवजी क्षेत्रीको बहुआयामिक योगदान र मुख्य भूमिका रहेको छ। उनले गितको भिडियोमा कोरियोग्राफी (नृत्य निर्देशन) र निर्देशनको जिम्मेवारी कुशलतापूर्वक निभाउनुका साथै आकर्षक अभिनय समेत पस्किएका छन्। भिडियोमा क्षेत्रीसँगै मोडल बिना विश्वकर्माको जीवन्त तथा सशक्त अभिनय देख्न सकिन्छ।
ईश्वरी घिमिरेको प्रस्तुतिमा तयार भएको यस गितमा चर्चित गायिका जमुना सनम र ईश्वरी घिमिरेको मिठासपूर्ण स्वर रहेको छ। गितका भावुक तथा मौलिक शब्दहरू शिव अखेलीले सिर्जना गरेका हुन् भने संगीत स्वंय ईश्वरी घिमिरेले भरेका हुन्।
गितको संगीत संयोजन (अरेन्ज) राजु सुनामले गरेका हुन् भने ओजन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका हुन्।
छायांकन महेश महराले गरेका हुन् भने दृश्य सम्पादन नविन घर्ती मगरले गरेका हुन्। मोडलहरूको शृङ्गार (MUA) पुनम चौधरीले गरेकी हुन्। भिडियोको पोस्ट प्रोडक्सन शिवजी डान्स सेन्टर (Shivaji Dance Center) 9807512399मार्फत गरिएको छ।
युट्युबमा सार्वजनिक भएसँगै यस गित तथा भिडियोलाई दर्शक एवं श्रोताहरूले निकै रुचाएका छन् र राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ।
समाज
थप सामाग्री-
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
-
आज भदौ २० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी र सडक अवरोधले ग्यास अभाव चर्कियो, केही दिनमै सहज हुने दाबी
-
देशभर मनसुन सक्रिय : सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
-
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
३ घण्टा अगाडि
450Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज…





