

डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती
दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।
उहाँले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि सुन्तलालाई खेती गरी वार्षिकरुपमा रु सात लाखदेखि नौ लाखसम्म आम्दानी हुँदै आएको उनले बताए । विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उनले भने, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।अन्य खेतीमा पटक पटक मेहनत गर्नुपर्ने भएपनि सुन्तलाखेतीमा वर्षका एक÷दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिक रुपमा सात लाख आम्दानी गरिरहेको बताए । सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उनले आफ्नो रु चार लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताए ।स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उहाँको भनाइ छ ।यससँगै डोटीका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उनले बताए । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



