

एमालेको सभामुख सोपकोटाविरुद्व ” काउन्टरमहाअभियोग” लगाउने तयारी
काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा एमालेले प्रतिरोध गर्ने निर्णय गरिसकको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेसँगै एमालेले समेत सभामुखमाथि महाअभियोग दर्ता गर्ने तयारी गरेको छ ।
एमालेले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको दाबी गर्दै आएको छ । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



