किसानलाई सधैं रासायनिक मल अभाव

विराटनगर । कृषि सामग्री कम्पनीको विराटनगर कार्यालयले मोरङको सुनवर्सी–२, अमरदहको नौलो बिहानी कृषि विकास सहकारी संस्था लिमिटेडलाई ६० बोरा डीएपी, २४ बोरा युरिया र २० बोरा पोटास मल दिँदै छ ।

यो सहकारीमा ३ सय १५ सदस्य छन् । तिनले हजार बिगाहाभन्दा बढी जमीनमा खेती गर्छन् । सहकारीमा आबद्ध नभएका किसान पनि अमरदहमा रहेको संस्थाका एकजना सदस्य अम्बिकाप्रसाद ढकालले बताए । उनका अनुसार युरिया, डीएपी वा पोटास जुनसुकै भए पनि एक बिगाहाका लागि एक बोरा मल चाहिन्छ । सहकारीले पाउने मल सबै सदस्यलाई भाग लगाउँदा एक जनाले साढे १६ किलो पाउँँछ । ढकाल भन्छन्, ‘अब मल आयो भनेर हामी हर्ष मान्नु कि विस्मात् ।आलु, प्याज रोप्ने बेलामा पनि मल चाहिन्छ, तोरी र गहुँका लागि अझ धेरै मल आवश्यक पर्छ । तर, हरेकपटक कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनबाट मल पाउँदा यति नै पाउने गरेकाले जहिले पनि सीमापारि भारतबाट ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको ढकालले सुनाए । नेपालमा पाइने एक बोरा युरियाले एक बिगाहा जमीनलाई पुगे पनि भारतीय युरिया कम गुणस्तरको हुने भएकाले दुईदेखि चार बोरासम्म हाल्नुपर्ने किसान बताउँछन् । यो समाचार आजको  आर्थिक अभियान दैनिकमा  छ

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares