

एक गाउँ एक उत्पादन’ कार्यक्रम पुनः सुरु
सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ। डेढ दशकअघि लागू भएर पाँच वर्षदेखि बन्द रहेको यो कार्यक्रम पुनः नयाँ स्वरुप र नयाँ नारासहित सञ्चालन गर्न लागिएको हो । उद्योग वाीिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षभित्र यो कार्यक्रम पुनः सुरु गर्न लागिएको जानकारी दिएको छ । चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई एक स्थानीय तह एक विशिष्ट उत्पादन को अवधारणा कार्यान्वयन गरिने उल्लेख छ। मन्त्रालयका अनुसार संघीयता लागू भएसँगै स्थानीय तहको पुनर्संरचना गरिएसँगै अलपत्र परेको यो कार्यक्रम थप परिष्कृत र परिमार्जित रुपमा लागू हुँदैछ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्येक स्थानीय तहमा उत्पादन हुने औद्योगिक उत्पादनको सम्भावना रहेका विशिष्ट उत्पादनहरूको पहिचान गरी एक स्थानीय तह एक विशिष्ट उत्पादन को कार्यक्रम लागू गर्न लागिएको जानकारी दिए ।
मन्त्री बडूका अनुसार यो कार्यक्रम उत्पादकत्व र बजारीकरणमा सहयोग पुयाउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहको साझा कार्यक्रमका रुपमा अघि बढाइने छ।
यो समाचार कारोबार दैनिकमा छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



