

मोरङको केराबारीमा कृषि र पर्यटन व्यापार महोत्सव हुने
मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रबर्द्धन हाम्रो अभियानका साथ महोत्सव हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।केराबारी प्रवेशद्वार (डिजिटल गेट) निर्माण साथै यहाँको ऐतिहासिक सांस्कृतिक पर्व मच्छिन्द्रनाथ मेलाको अवसरमा आर्थिक मन्दि भएको व्यापार व्यवसायको प्रर्वद्वन गरी कृषि र आन्तरिक पर्यटनको विकासका लागि टेवा पुर्याउने मुख्य उद्देश्यका साथ महोत्सव हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले जानकारी दिए । उनले मेलामा एक सयभन्दा बढी स्टल राखिने तथा ५० हजार दर्शकले अवलोकन गर्ने बताए । साथै ५० लाखको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । आयोजकले महोत्वसका लागि अहिले विभिन्न आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । मेलाको विशेष आकर्षणमा मनोरञ्जनात्मक खेलसहितको उत्कृष्ट बाल उद्यान, विभिन्न विद्यालयबीच शैक्षिक प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारका साथमा दैनिक सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मच्छिन्द्र मेला पूजा, विभिन्न खेलकुद प्रतियोगिता, नाटक र साहित्यिक मनोरञ्जनलगायतका विविध कार्यक्रम हुने उल्लेख गरिएको छ । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



