अलैँचीको रेसाबाट मनग्य आम्दानी

 

काठमाडाै/पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ । 

गोडमेल गर्दा र टिप्दा निस्कने अलैँचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौँको कमाइ गर्न थालेका छन् भने यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।

 सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आउनुभएकी माया गुरुङले अलैँचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौँको कमाइ गर्दै आएको जानकारी दिनुभयो । गुरुङका अनुसार अलैँचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ । रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताउनुभयो । विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहरमा उहाँले उत्पादन गरेका सामान पुग्छन् । ति ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

जङ्गलमा त्यसै खेर गइरहेको अलैँचीको रेसा सङ्कलन गरेर उद्योग चलाउनुभएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिनुभएको छ । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो । अलैँची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

 ता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आउनुभएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आउनुभएको छ । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताउनुभयो । उद्यमीले अलैँचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैँचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताउनुभयो ।रासस

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares