

जग्गा वर्गीकरण : अलमलमै स्थानीय सरकार
गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि समयमै कृषि र गैरकृषि जमिन छुटयाउन सकेका छैनन् ।मन्त्रालयले दिएको समयसीमा सकिएको महिना दिन पुग्न लाग्दा समेत कञ्चनपुरका नौ वटा स्थानीय तहहरुले हालसम्म जग्गा वर्गीकरण गर्न सकेका छैनन । यहाँको भीमदत्त नगरपालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको बताए पनि कार्यान्वयनमा आउन अझै केही महिना लाग्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा रहेको बताए । “स्थानीय भु–उपयोग परिषदबाट मापदण्ड स्वीकृत गरिसकेका छौ।” उनले भने–“केही दिनमै प्राविधिक प्रतिवेदन स्वीकृत गरेर नापी विभागमा पठाउछौ ।” उनले नगरपालिकाले अन्य काम सम्पन्न गरिसकेकाले छिट्टै स्थानीय राजपत्रमा प्रकाशीत गरेर त्यही अनुरुप कित्ताकाट हुने जानकारी दिए।त्यसैगरी जिल्लाको शुक्लाफाँटा नगरपालिकामा भने मापदण्ड समेत पारित हुन सकेको छैन । नगरपालिकाका सुचना अधिकारी मोहन राज फुलाराले कार्यपालिकाबाट मापदण्ड पारिन नहुँदा जग्गा बर्गीकरणमा ढिलाई भएको बए । “केही दिन भित्रै कार्यपालिकाबाट मापदण्ड पारित हुन्छ ।” उनले भने –“जग्गा वर्गीकरणमा आउन एक महिना लाग्न सक्छ ।” यहाँको पुर्नपास नगरपालिकामा भने जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरीले स्थानीय भु–उपयोग परिषदबाट मापदण्ड पारित हुन बाकि रहेको बताए । “केही दिनमै परिषदबाट मापदण्ड स्वीकृत भएपछि सार्वजनीक सुचना निकाल्छौ ।” उनले भने–“अन्य प्राविधिक लगायतका काम अन्तिम चरमा छन ।”
कृषि विकास निर्देशनालय डोटीका कृषि अर्थ विज्ञ टेकेन्द्र ऐरले स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । “सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ यी जिल्लामा खेती योग्य जमिन कम हुदै गएको छ ।” उनले भने–“तराईमा खेतीयोग्य जग्गा खण्डीकरण भइरहेकाले यसको रोकथामका लागि पनि वर्गीकरण गर्नुपर्ने आवश्यक छ ।”
भू–उपयोग नियमावलीले कृषि, आवास, व्यावसायीक क्षेत्र,औद्योगिक क्षेत्र, खनिज तथा खानी, वन क्षेत्र, नदि, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावली कार्यान्वयनमा आएको ६ महिनासम्म कतिपय स्थानीय तहले भू–उपयोग जग्गाको वर्गीकरण गर्न नसकेका हुन ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



