

दूधको मूल्य फिर्ता,हिजो व्यापारीले बढाएको चियाको मुल्य के हुन्छ?
डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो । शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले जानकारी दिए।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



