

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो
काठमाडौँ ।नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी न्युनतम १ अर्ब ८० करोडदेखि २ अर्ब ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको छ ।
सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएपनि यसको आयात भने कम हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै पनि १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका डेरी प्रडक्टहरू आयात भइसकेका छन् ।
नेपालले ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेश पठाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको साउनदेखि मंङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



