

मलेसियामा अलपत्र परेका ६ जना आज स्वदेश फर्कंदै
काठमाडौं ।
मलेसियामा अलपत्र परेका १३ जना नेपाली नागरिकहरू मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कंदैछन् । दूतावासले सोमबार विज्ञप्ति जारी गरी ती १३ जनामध्ये छ जना आज मंगलबार र बाँकी ७ जना शुक्रबार नेपाल फर्कने जनाएको छ ।
मलेसियाको प्लान्टेसन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फोरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन बीएचडीमा काम गर्ने गरी गएका १३ जना नेपालीलाई रोजगारदाता कम्पनीसँगको करार सम्झौताअनुसारको काम तथा तलब सेवा सुविधा उपलब्ध नभएको भन्ने गुनासो विभिन्न माध्यमबाट प्राप्त हुनासाथ त्यहाँस्थित नेपाली दूतावासले रोजगारदातालाई पत्राचार गरेको दूतावासले जनाएको छ ।
दूतावासले रोजगारीमा पठाउने कम्पनी त्रिवेणी एचआर सोलुसन प्राइभेट लिमिटेडको प्रतिनिधिसमेतको रोहबारमा दूतावासमा ती १३ जना नेपालीसँग छलफल गरी उनीहरूलाई नेपाल फर्कने प्रबन्ध मिलाइदिएको हो । उनीहरूलाई नेपाल फर्कनका लागि आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेकआउट मेमो र हवाई टिकटको व्यवस्था र नेपाल नफर्केसम्मका लागि बस्ने र खाने व्यवस्था मिलाइसकेको पनि दूतावासले जनाएको छ ।
त्यसै गरी मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ जे इन्टरप्राइजेज एसडीएन बीएचडीमा काम गर्नका लागि गत भदौ २३ गते मलेसिया पुगेका २८ जना नेपाली नागरिकमध्ये ५ जना बुधबार स्वदेश फर्कने पनि दूतावासले जनाएको छ । काम गर्ने सिलसिलामा कम्पनीको तर्फबाट भनाभन र कुटपिट भएको र त्यसपछि कम्पनीबाट निकालेर अन्यत्र राखिएको भनिएका ती २८ जनामध्ये ३ जना र उनीहरूलाई मलेसिया पठाउने खोजी रिक्रुटमेन्टका प्रतिनिधि मोहम्मद जुनैदले गत पुस १९ गते दूतावासलाई घटनाको जानकारी गराएको थियो ।
उक्त विषयमा दूतावासले मलेसियाली प्रहरीलाई उजुरी गरेपछि प्रहरीले पीडकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ । गत शुक्रबार पीडित र रोजगारदाता कम्पनीका प्रतिनिधिबीच पुनः दूतावासमा छलफल भएपछि ९ जना सोही काममा फर्केको र स्वदेश फर्कन चाहने ७ जनालाई स्वदेश फर्काइएको थियो । बाँकी १२ जनालाई भने उनीहरूकै छनोटअनुसारको व्यवस्था गरिने दूतावासले जनाएको छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



