मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए ।  संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ । सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ ।

विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ । त्यस्तै  अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकको हितका लागि अत्यावश्यक  भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम  न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares