

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन
तनहुँ/जिल्लाको म्याग्दे गाउँपालिका(७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन् । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ ।
कालिजको अण्डालाई ह्यारी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए। हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उनले भने, ‘उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।’
कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अर्ग्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज दुई हजार पाँच सय र पोथी एक हजार आठ सयमा बिक्री गर्दै आएको उनले बताए । अण्डाको प्रतिक्रेट नौ सयमा बिक्री हुन्छ । उनले भने, ‘फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।’
अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



