

आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै गरे हत्या
दाङ/सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूलदिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए ।
मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’
मृतक भान्जा र मामाको घर नजिकै पर्छ । आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए । मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताए । आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मानसीक सुन्तलन गुमेको भनिए पनि स्वास्थ्य परीक्षण पछि मात्रै थाहा हुने प्रहरीको बताएको छ । आजको राजधानी दैनिकबाट
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



