

कसरी सर्वशक्तिमान मेघनाथको विनाश भयो ? यस्तो छ किंवदन्ती
रामायणमा मेघनाथको वर्णन एक पराक्रमी योद्धा र एक मायावी राक्षसको रूपमा गरिएको छ । मेघनाथ आफ्नो बुवाभन्दा पनि बलशाली थिए । उनलाई मार्न लगभग असम्भव नै थियो । भनिन्छ मेघनाथको जन्म जुन नक्षत्र योगमा भएको थियो, त्यस योगमा कुनै पनि प्राणीको अझै जन्म भएको छैन । लक्ष्मणलाई छोडेर कुनै पनि योद्धा मेघनाथलाइ मार्न सक्षम थिएन भन्ने गरिन्छ । स्वयंं श्रीराम पनि मेघनाथलाई मार्न सक्दैनथे ।
लंकापति रावण त्रिलोक विजेता थिए । देवताहरूलाईसमेत उनले परास्त गरेका थिए । रावणले चाहन्थे, उनको सन्तान पनि उनी जस्तै पराक्रमी होस् । त्यसैले मेघनाथ जब आफ्नो आमाको गर्भमा आए, तब रावणले मेघनाथको जन्मभन्दा पहिले नै सबै तयारी गरिसकेका थिए । मेघनाथ रावणको ज्येष्ठ पुत्र थिए । रावण मेघनाथको जन्मँदा सबै ग्रहहरु शुभ योगमा रहोस् भन्ने चाहन्थे । त्यसैले उनले सबै ग्रहलाई पराजित गरेर आफ्नो वशमा राखेका थिए । रावणले सबै ग्रहलाई चेतावनी दिँदै भनेका थिए– ‘जब मेरो पुत्रको जन्म हुन्छ, तब तिमीहरु सबै ११औं स्थानमा बस्नु ।’
शनिदेवले बुझिसकेका थिए कि मेघनाथको जन्मको समय ग्रहहरुको यही शुभयोग भए मेघनाथ पनि रावण जस्तै अजरअमर योद्धा बन्ने छ । देवताहरूले उसलाई हराउन असम्भव हुनेछ । त्यसैले शनिदेवले रावणको कुरा नमान्ने निर्णय गरे । मेघनाथको जन्म हुने दिन सबै ग्रहहरु ११औं स्थानमा गएर बसे, तर शनिदेव १२औं स्थानमा गएर बसे । शनिदेवको यो व्यवहार देखेर रावण क्रोधित भए । उनले शनिदेवसँग भयानक युद्ध गरे । युद्धमा शनिदेवलाई पराजित गरेर उनको खुट्टा भाँचिदिए । मेघनाथको जन्मको समयमन शनिदेव १२औ स्थानमा भए पनि अन्य ग्रहहरु रावणको डरले ११औं स्थानमै बसिरहे । नक्षत्रको यो शुभयोगको असर मेघनाथको व्यक्तित्वमा पर्न गयो । उनी रावण भन्दा पनि अधिक मायावी शक्तिशाली भए ।
भनिन्छ, मेघनाथको जन्म हुँदा उनले मेघको समान वर्षात गरेका थिए । त्यसैले तिनको नाम मेघनाथ राखिएको हो । मेघनाथ सानैदेखि उग्र स्वाभिमानी र महत्वाकांक्षी थिए । उनी हरेक प्रकारको विद्यामा निपूर्ण बन्न चाहन्थे । असुरहरुको गुरु शुक्राचार्य मेघनाथको गुरु थिए । शुक्राचार्यले नै मेघनाथलाई सबै प्रकारको विद्या सिकाएका थिए ।
१२ वर्षको आयुमै मेघनाथ हरेक प्रकारको शिद्धी शक्तिहरु र मायावी विद्यामा पारंगत भएका थिए । समयसँगै उनले अनेकौ युद्ध विद्याहरु सिके । अनेकौ दिव्यास्त्र प्राप्त गरे । यसरी मेघनाथ एक अत्ति विनाशकारी योद्धाको रुपमा निस्किए । तर उनी यतिले मात्र सन्तुष्ट भएनन्, उनले अनुस्ठानद्वारा महादेवलाई प्रसन्न गरे र बरदानस्वरुप अनेकौं घातक अस्त्र प्राप्त गरे ।
भनिन्छ भ्रमास्त्र, व्यस्णवस्त्र तथा पशुपथ अस्त्रको ज्ञान भएको मेघनाथ एकमात्र योद्धा थिए । मेघनाथसँग तामसिनामक एउटा ठूलो मायावी रथ थियो । जो उनको इच्छाअनुसार जहाँ पनि जुनै पनि गतिमा जान सक्थ्यो । देवअसुर संग्रामको समयमा रावणले असुरहरुको साथ दिँदै अनेकौं देवतालाई पराजित गरेका थिए । यो युद्धमा रावणले देवताहरुलाई मात्र हैन, उनीहरुलाई बन्दी बनाएर लंकाको कारागारमा हालेका थिए ।
एकदिन मौका पाएर सबै देवताहरु रावणको कैदबाट मुक्त भए । उनीहरुले सुतिरहेको रावणलाई बन्दी बनाएर देवलोक लाग्दै गर्दा मेघनाथ मायावी तरिकाले प्रकट भए र उनले एक्लै सबै देवतालाई परास्त गरे अनि आफ्नो पितालाई मुक्त गराए । यस युद्धमा मेघनाथले इन्द्रदेवलाई समेत बन्दी बनाएका थिए । रावण र मेघनाथ इन्द्रदेवको बलि दिन चाहन्थे । त्यसैक्षण त्यहाँ ब्रम्हदेव प्रकट भए र उनले इन्द्रदेवलाई मेघनाथबाट बचाए । मेघनाथले ब्रम्हदेवको कुरा माने र मेघनाथबाट प्रशन्न भएर ब्रम्हदेवले मेघनाथलाई इन्द्रजितको उपाधि दिए ।
मेघनाथले ब्रम्हदेवसँग अमरथको बरदान माग्नु चाहन्थे, तर ब्रम्हदेवले उसलाई अमरथ नदिएर तान्त्रिक यज्ञको बरदान दिए । जुन यज्ञ गरेर उसलाई कुनै पनि युद्धमा कसैले पनि हराउन भने सक्दैनथे । यसरी अनेकौं सिद्धिहरुबाट युक्त मेघनाथलाई हराउन असम्भव थियो । मेघनाथले इन्द्र आदि देवताहरुलाई मात्र हैन, उनले राम रावण युद्धको समयमा पनि अनेकौ योद्धाहरुलाई पराजित गरेका थिए । मेघनाथले ब्रम्हास्त्र प्रयोग गरेर भगवान हनुमानलाई बन्दी मात्र बनाएनन्, उनले त नागपासको माध्यमबाट राम र लक्षमणलाई गहन निन्द्रामा सुताएका थिए । यी सबैको बावजुद मेघनाथको अन्त्य लक्ष्मणको हातबाट भयो ।
बरदान दिने बेला महादेवले मेघनाथलाई भनेका थिए, ‘त्यो योद्धाले मात्र माथ दिन सक्छ, जसले १० वर्ष अधिक कठोर ब्रम्हचार्यको पालन गरेको छ ।’ यही कारणले गर्दा लक्ष्मण मेघनाथलाई मार्न सफल भए । लक्ष्मणले युद्धभन्दा पहिले नै मेघनाथको सबै तान्त्रिक यज्ञ पनि भंग गरेका थिए । यसप्रकार लक्ष्मणले महादेव र ब्रम्हदेवको बरदानको पालना गर्दै आफ्नो शक्तिले मेघनाथको बध गरिदिए । लक्ष्मण स्वयं शेषनागको अवतार थिए । एकदमै कुशल धनुर्धर थिए । लक्ष्मण पनि हरेक युद्ध विद्यामा पारंगत थिए । उनलाई मेघनाथको समान अनेकौ दिव्यास्त्रको ज्ञान थियो ।
लक्ष्मण धेरै वर्षसम्म ब्रम्हचारी बन्नु नै मेघनाथको मृत्यृको मुख्य कारण बन्यो । त्यसैले लक्ष्मणबाहेक अरु कुनै पनि योद्धा मेघनाथलाई हराउन सक्षम थिएनन् ।
रावणको अन्य नातागोता जस्तै मेघनाथले आफ्ना पितालाई सत्यतथ्यको अवगत गराएका थिए । किन्तु अभिमानी रावणले मेघनाथको कुरा भने मानेनन् र यसरी उसको कुलको विनाश भयो ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



