

बगरमै बस्ती बसाल्दै तालगाउँवासी
विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको छ । जोखिम रहेको नदी किनारमा तटबन्धन गरिएपछि तालगाउँका स्थानीयले बस्ती बसाल्न थालेको नासों गाउँपालिका–१ का वडा अध्यक्ष मीनरासी गुरुङले बताए ।
तालगाउँवासीलाई स्थानान्तरण गर्न सरकारले पहल गरे पनि स्थानीय अन्यत्र जान नमान्दा यसै क्षेत्रमा बस्ती बसाल्ने वातावरण बनाएको उनले बताए । “केही स्थानीय विस्थापित भए पनि अधिकांश स्थानीय यही बस्न चाहे, उनीहरुको चाहना विपरीत सरकारले पनि स्थानान्तरण गर्न चाहेन, सोहीअनुरुप सरकारले तालगाउँलाई सुरक्षित बनाउन तटबन्धन ग¥यो”, वडा अध्यक्ष गुरुङले भने, “अहिले बस्ती बसाल्दै छन् स्थानीयवासी ।”
“बालुवामा चाहे जस्तो तटबन्धन गर्न नसकिने इन्जिनियरको सल्लाह आएको थियो, स्थानीयहरु अन्यत्र जान चाहेनन्, अवस्थामा अहिले गरिएको तटबन्धले गाउँबस्ती बस्न थालेको हो”, उनले भने । नदी किनारमा तटबन्धन बनेपछि सुरक्षित महसुस गरेको उनले बताए । बाढीपछि पूर्ण र आंशिक क्षति भनेर वर्गीकरण गरेको थियो । पूर्ण क्षति भएका परिवारलाई आवास निर्माणका लागि सरकारले सहयोग गरेको थियो । आंशिक क्षति भएका परिवारलाई सरकारले सहयोग गरिदिए हुने भन्ने अपेक्षा स्थानीयवासीको छ ।
घर बनाउन सरकारले सहयोग गरेपछि घर–घरमा सिंहदरबार आएको महसुस गराएको तालगाउँका स्थानीय सिंहबहादुर गुरुङले बताए । “बाढीमा परेर मेरो घर पूर्ण क्षति भएको थियो, हामी घरबारविहीन भएका थियौं, सङ्घ सरकारले रू पाँच लाख, प्रदेश सरकारबाट रू दुई लाख र स्थानीय सरकारबाट रू एक लाख सहयोग पाएका थियौं”, उनले भने, “सरकारको सहयोगले अहिले घर बनाएर बस्न थालेका छौं ।”आफ्नो जग्गामा बसोबास गर्न नमिल्ने भएपछि सरकारले उपलवब्ध गराएको जग्गामा घर बनाइ बस्न थालेको स्थानीय राजनबहादुर गुरुङले बताए । “यो क्षेत्र अझै पूर्णरुपमा सुरक्षित भइसकेको छैन”, उनले भने । रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



