एक -काका क‍ो कथा : वरिष्ठ पत्रकार मधुलम्साल

मधुलम्साल–             मेरा एकजना काका हुनुहुन्छ । बालसखा अर्थात् उमेर उस्तै भए पनि पुस्ताका हिसावले मान्नु पर्ने । उहाँको सोझोपन, कसैलाई बोलेर नचिँढाउने, व्यवहारमा उस्तै मित्रता ।
गाऊँघरतिर उहाँलाई सबैले मान्छन् पनि । सानाठूला जसले भने पनि मान्ने भएकाले होला, उहाँलाई सबैले काम अह्याउँछन्, उहाँ पनि नाइँ भन्न सक्नुहुन्न । सबैको प्रिय नै बन्न सक्नु भएको छ ।
राजनीतिमा राम्रै चासो राख्नु हुन्छ । उहाँ प्रष्ट काँग्रेसी बिचारधाराबाट ओतप्रोत व्यक्ति । तर, यस पटकको निर्वाचनमा उहाँले मसँग “एउटा भोट त घन्टीमा हाल्छु है ?” अनुमति माग्नु भो । मैले ‘किन र ?’ भनिनसक्दै उहाँले खुलस्त पार्नु भो, “रविलाई दिने के ।”
‘तपाईंले दिएको मत कहाँ उसले पाउने हो र ? उ त चितवनबाट पो उठेको ।’ मैले त्यती भने पनि काका त्यस विषयमा जानकार नहुने कुरै थिएन । उहाँले भन्नु भो, “हो त नि ! उसको पार्टीलाई समानूपातिकमा दिनु पर्यो भनेको के ।”
मैले ‘रविप्रति त्यस्तो झुकाउ किन ?’ काकामाथि प्रश्न तेर्साएँ । काकाले भन्नुभो, “हेर न त्यसले निकै गरेको छ के । विदेश जानेहरुलाई कती राहत मिलेको छ । यहीँ पनि के के गरीरहेको छ । त्यसैले एउटा भोट त उसैलाई दिऊ भन्ने सोचेको ।”
बिचरा ! टेलिभजन हेरेर मात्रै रविका बारेमा बुझेका मेरा काका, उसका भित्री क्रियाकलाप बारे बुझेको भए बल्ल के ठान्नु हुन्थ्यो होला, कुन्नी ? तर, काकालाई कन्भीन्स गर्ने नाममा त्यतातिर म जान चाहिन ।
रविलाई भोट दिने विषयमा काका पूरै कन्भिन्स भइसकेकाले मैले थप केही भन्न चाहिन, भने ‘तपाईंको इच्छा । तर, रवि तपाईंले सोचेजस्तो व्यक्ति होइनन् । र, सायद समानूपातिकमा पनि तपाईंले दिएको मत खेरा जान सक्छ ।’ मैले त्यसो भन्नुको कारण संविधान त प्रत्यक्षमा एक जनाले जित्नै पर्ने र कुल खसेको मतको ३ प्रतिशत मत समानूपातिकमा ल्याउनै पर्ने हुन्थ्यो । काकालाई त्यो दुबै हुन नसक्ने बताउँदा काका मेरो कुरा सुन्न, मान्न तयार हुनु भएन । मैले पनि काकाको मन दुखाउन चाहिन । भने ‘जेसुकै गर्नुस् ।’
मतदान सकियो, काउन्ट सुरु भो । काकामा उत्साह जाग्दै गयो । रविको फराकिलो अग्रता, अन्यत्र पनि घन्टी पार्टीका उमेदवारको बिजयी लहर । मतगणनाका क्रममा समानूपातिकमा त माओवादीभन्दा माथि । अब काकासँग के भनेर बोल्ने ? बरु, काकाले नै ‘देख्यौं मेरो मत खेरा गएको ?’ भन्दै गिज्याउन थाल्नु भो ।
दिन बित्दै जाँदा निर्वाचन परिणाम मिश्रीत, त्यसमा पनि अपत्यारिलो नजिता आयो । चौंथो ठूलो शक्ति बन्यो रविको पार्टी । यसमा यो सन्देह छैन कि रविकै नाम जोडिएर रविकै कारण घन्टी पार्टीले प्रत्यक्ष र समानूपातिक गरी २० सिट ल्याएको हो । समयको चक्रसँगै प्रधानमन्त्रीको अडानमा गठबन्धन टुट्यो, माओवादी एमालेतिर जुट्यो । बाठा केपीले प्रचण्ड आउनु अघि नै रवि र लिड्गदेललाई डाकेर छलफल चलाइसकेका रहेछन् । रविले यतीबेला मै मास्टर कि हुँ भन्ने बुझेपछि गृह मन्त्रालय मात्र मागेनन्, अनी उपप्रधानमन्त्रीमा पनि अडान छाडेनन् । र, पाए पनि । शायद त्यसबेला आफ्नो ‘वेट’ उनले बुझ्ने तिर भन्दा पनि मौकाको फायदा लुट्ने तिरै देखिए ।
अब त उता काकाको फूर्ति झन् बढ्यो । आफैँ गृहमन्त्री भएको भान काकामा समेत पर्न गयो । अब आकाशबाट बर्सन्छ झैँ गर्न थाल्नु भो काकाले पनि । विस्तारै हेर्दैजाँदा महिना दिनका कुरै छाडिदिऊ, दिन गनेर ३० दिन नपुग्दै रविकै क्रियाकलापबाट काका पनि वाक्क परिसक्नु भो, अरुका त कुरै छाडिदिऊ । पछिल्लो समय बल्ल काकाले पनि भन्न थाल्नु भएको छ, “ए ! जुन जोगि आए पनि कानै पो चिरेका हुँदारैछन् ।”
रविका पछिल्ला दिनका क्रियाकलापले मेरा काका मात्रै होइनन्, घन्टीमा मत दिने थुप्रै पछुताउँदै छन् । त्यो घन्टीधारीलाई पनि अवगत होस् ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares