रसुवामा प्रथम तामाङ सांस्कृतिक तथा कराते प्रतियोगिता २०७९ सम्पन्न

रसुवा । सास्कृतिक तथा खेलकुदको प्रवद्र्धन गरौं, सुन्दर समुन्नत र ट्रको निर्माण गरौं भन्ने आह्वानका साथ रसुवामा प्रथम तामाङ सांस्कृतिक तथा कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।

हिमाली जिल्ला रसुवामा तामाङ समुदायको बाहुल्यता रहेकोले तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति, पर्यटन क्षेत्रको विकास तथा खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोनाम ल्होछारको अवसरमा हालै रसुवा स्पोर्टस् एकेडेमीले कार्यक्रम आयोजन गरेको हो ।

कालिका गाउँपालिका वडा नं। १ राम्चेस्थित खेलकुद ग्राउन्डमा कालिका गाउँपालिकको उपाध्यक्ष मिरा लामाको प्रमुख आतिथ्यमा सम्पन्न तामाङ सांस्कृतिक प्रतियोगितामा रसुवा जिल्लाभित्रका प्रतिस्पर्धीको सहभागिता रहेको थियो । प्रतियोगितामा गोल्जुङ प्रथम, सानु हाकु द्वितीय र नेसिङले तृतीय स्थान हासिल गरेका छन् । प्रथम समूहलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।प्रतियोगी समूहले रसुवामा प्रचलित विभिन्न तामाङ संस्कृति झल्किने पहिरन भाषा, टुङना र विगुलको प्रयोग, तथा एक समूहमा ५ महिला र ५ पुरुष, तामाङ चौतारी होई (वर वर होई, तामाङ दोहोरी) प्रस्तुत गरेका थिए । कार्यक्रममा कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिका वडाअध्यक्ष, वडा सदस्यलगायत राष्ट्रिय तामाङ कलाकार भविता पाख्रिन, सुमन घले र सञ्जीव वाइबालगायत स्थानीय कलाकारको समेत सहभागिता रहेको थियो ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
९ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares