

सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन्
उर्लाबारी । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए ।
साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसरी मिक्लाजुङ भइसकेपछि त्यहाँका स्थानीयवासीले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन पनि मधुमल्ला झर्नुपर्ने बाध्यता उनीहरुमा आयो ।
पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका क्षेत्रमा बसोवास गर्ने नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि डेढ दुई घण्टाको पैदलयात्रा र लगभग ४०÷४५ मिनेटको बसको यात्रा गरेपछि मात्र उनीहरु बल्लतल्ल बुढौली शरीर लिएर मधुमल्ला आइपुग्ने र दिनभरिजसो बंंकमा भत्ता लिन लाइनमा बसेर घर फर्किदा झमक्कै साँझ पर्ने अवस्था थियो ।
विगतका पाँच वर्ष यसरी नै बिताउनुभएका स्थानीय बतासे गाउँका ज्येष्ठ नागरिक नरेन्द्र रसाइली भन्छन्, “विगतमा हामीले भोट दिएर जिताएर पठाएकाले एकचोटि वडामै आएर भत्ता दिएका थिए, त्यसपछि दिएनन्, अहिले नया जनप्रतिनिधि आउनुभएको छ, उहाँहरुले हरेकचोटि दिने भन्नुभएको छ विश्वास छ, अब हामीले स्याँस्याँ गर्दै मधुमल्ला धाउनुपर्दैन ।”
गाउँपालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको आफ्नो वाडका जनतालाई कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए ।
भौगोलिक विकटता कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिनकै लागि नागरिकले पाएको दुःखलाई अन्त्य गर्न गाउँपालिकाको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी हरेक पटकको भत्ता वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताए ।
अन्य वडा २, ३, ४, ५ र ६ मा पनि सो क्षेत्रको भौगोलिक अवस्था हेरिसकेसम्म वडाबाटै भत्ता वितरण योजना गाउँपालिकाले लिएको राईले उल्लेख गरे ।रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
९ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



