

सिंहदरबारको ढल विसर्जनमा चरम लापरबाही
सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो। यस्ता विपत् आउँदा तत्काल काम गर्ने गरी काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने जनाएको थियो। त्यस्तो एम्बुलेन्सले काम पायो कि पाएन भन्ने गोरखापत्रको जिज्ञासामा सिंहदरबारकै लापरबाहीले त्यस्तो समस्या आएको र पूर्वाधारको समस्या नरहेको दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ। काठमाडौँ महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने, “सिंहदरबारभित्र वा अनामनगर क्षेत्रमा कुनै ढल फुटेको होइन, ढल जाम भएको पनि होइन। सिंहदरबारभित्रको फोहोर बाटोमा फालिएको हो। सिंहदरबारले गरेको हो यो फोहोर। बाटोमा फोहोर र दुर्गन्ध फालेर सर्वसाधारणको आवागमनमा अवरोध पु(याएको भन्दै आवश्यक कारबाहीका लागि महानगरपालिकाले सम्बन्धित निकायमा पत्राचार गर्नेछ।” सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको तयारीस्वरूप त्यहाँभित्रका पाइपलाइन, ट्याङ्की तथा ढल सफाइ गर्दा त्यसबाट निस्केको फोहोर अन्यत्र विसर्जन गर्नुको सट्टा पूर्वी गेट र अनामनगर क्षेत्रमा फालिँदा सो क्षेत्र हिलाम्मे र दुर्गन्धित भएको उनले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१२ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



