३३ कोटि देवता बारे रोचक तथ्य : थाहापाउनुहोस् देवताहरु साच्चै छन् कि छैनन् ?

हामी हिन्दुहरुले हाम्रा ३३ कोटी देवताको बारेमा विभिन्न चर्चाहरु सुन्ने गरेका छौं । हाम्रा पौराणिक ग्रन्थहरुमा ३३ कोटी देवी देवताको विभिन्न प्रसङ्ग आउने गर्छ । तर, के हाम्रा देवी देवता वास्तवमा नै  अर्थात ३३ करोड नै छन् त ? कतै यो एक आलंकारिक मात्रै पो हो कि ? या वास्तविक नै हो त ? भन्ने बारेमा ।

वृहदाराण्यककोपनिषदको अध्याय तीनका याज्ञवल्क्य र शाकल्य बीचको सम्वाद विचार गर्नु योग्य देखिएको हुनाले यस सम्वादलाई यहाँ प्रस्तुत गरिँदैछ । वृहदारण्यक उपनिषद शुक्लयजुर्वेद अन्तर्गत काण्वी शाखाको वाजसनेयी ब्राम्हण अन्तर्गत पर्दछ । आकारमा यो वृहत अर्थात ठूलो एवं अरण्य (वनमा) अध्ययन गर्नपर्ने भएको हुनाले यसलाई वृहद्वारण्यक भनिएको हो ।

शाकल्यः देवता कति छन् ?
याज्ञवल्क्यः तैत्तिस

शाकाल्यले यसै प्रश्नलाई बारम्बार गरी पाँच पटक दोहोर्याए । यसो गरेको देखेर याज्ञवल्क्यले पनि हरेक पटक संख्या घटाउँदै देवताको संख्या क्रमशः छ, तीन, दुई डेढ र अन्त्यमा एकमा सीमित पारिदिए ।

शाकल्यः फेरि यी तीन हजार तीन सय छ देवगण को हुन् त ?
याज्ञः यी देवताको विभूतिहरु हुन् । देवगण त तेत्तिस मात्र हुन् ।

शाकल्यः ती कुन-कुन हुन् ?
याज्ञः आठ वसु, एघार रुद्र, बाह्र आदित्य, इन्द्र र प्रजापति ।

शाकल्यः आठ वसु को-को हुन् ?
यज्ञः अग्नि, पृथ्वी, वायु अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्र र नक्षत्र । जगतको सम्पूर्ण पदार्थ यसैमा समाहित छ । अतः यि वसु गण हुन् ।

शाकल्यः एघार रुद्र को-को हुन् ?
याज्ञः पुरुषमा स्थित दस इन्द्रिय, एक आत्मा । मृत्युको समयमा यि इन्द्रीयहरुले शरीरलाई छाडिदिन्छन् र प्रियजनलाई रुवाउँछन । अतः यिनीहरु रुद्र छन् ।

शाकल्यः बाह्र आदित्य को हुन् ?
याज्ञः एक वर्षमा पर्ने बाह्र महिना नै बाह्र आदित्य हुन् ।

शाकल्यः इन्द्र एवं प्रजापति को हुन् ?
याज्ञः गर्जिने मेघ नै इन्द्र हुन् र यज्ञ नै प्रजापति हुन् ।

शाकल्यः छ किसिमका देवगण कुन कुन हुन् ?
याज्ञः पृथ्वी, अग्नि, वायु, अन्तरिक्ष, द्यौ र आदित्य ।

शाकल्यः तीन देवलोक कुन–कुन हुन् ?
याज्ञः तीन लोक (पृथ्वी लोक, स्वर्गलोक र पाताल लोक) । यी तीन देवता हुन् । यसैमा सबै देवगणले बास बस्ने गर्दछन् ।

शाकल्यः दुई देवता को–को हुन् ?
याज्ञः अन्न र प्राण नै दुई देवता हुन् ।

शाकल्यः यी डेढ देवता चाहिँ को हुन् त ?
याज्ञः वायु डेढ देवता हुन् । किन कि यी बहन्छन् र यसैबाट सबैको वृद्धि हुन्छ ।

शाकल्यः एक देवता को हुन् नि ?
याज्ञः प्राण नै एक्लो देवता हो । यही नै ब्रम्ह हो, यही नै तत्व हो ।

यस प्रकार सनातन धर्ममा देवताको संख्या यहाँ तेत्तिसकोटी (तेत्तिस करोड) नभएर मात्र ३३ प्रकारका बताइएको छ ।
स्रोतः ज्योतिर्विज्ञानमञ्च

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
११ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares