संसार देखाउँदै स्थानीय तह

रेसुङ्गा/गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या पहिचान भयो । जिल्ला सदरमुकाम तम्घासमा उहाँको आँखाको निःशुल्क उपचार भयो ।

बिहीबार बिहान शल्यक्रिया भएपछि आँखा देख्नुभएका गिरी संसार देख्न पाएकोमा खुसी हुनुहुन्छ । “पाँच वर्षदेखि संसार देख्न पाएको थिइनँ, अहिले नयाँ संसार देखेँ, पुर्नजन्म पाएँ जस्तो भएको छ”, उहाँले भन्नुभयो ।

मालिकाकै ७४ वर्षीया शान्ति सुनारले पनि आर्थिक अभावका कारण आँखाको उपचार गर्न सक्नुभएको थिएन । निःशुल्क शिविर आएपछि जाँच गराउँदा आँखामा मोतियाविन्दुको समस्या देखियो । गाउँपालिकाको सहयोगमा उहाँको पनि तम्घासमा निःशुल्क उपचार भयो । मोतियाविन्दुको शल्यक्रियापछि गाउँपालिका भगवान् बनेर आएको उहाँले बताउनुभयो । “फेरि संसार देख्छु भन्ने कल्पना पनि गरेको थिइनँ, तर उपचारपछि पुनः संसार देख्न सक्ने भएकी छु”, उहाँले बताउनुभयो ।

सो गाउँपालिका–३ का मनबहादुर विक र तुल्सा विक पनि आँखाको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सात वर्षदेखि समस्या खेपिरहनुभएका विक दम्पती सो शिविरबाट खुसी हुनुभएको छ । “बुढाबुढीले नै आँखा नदेखेर समस्या झेल्नुपरेको थियो”, मनबहादुरले भन्नुभयो, “आँखा खुलेपछि हामीले एकअर्कालाई हेर्दा खुसीका आँशु खसे ।” निःशुल्क उपचार पाएपछि विपन्नलाई निकै राहात पुगेको उहाँले बताउनुभयो । 

उहाँहरुसँगै मालिकाका ६१ जनाको आँखाको निःशुल्क उपचार गरिएको छ । प्रत्येक वडामा गरिएको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको समस्या भएका ६१ जना वृद्धवृद्धाको  शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिनुभयो । शिविरमा एक हजार छ सय आँखाका बिरामीको उपचार गरियो । गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले स्वास्थ्य क्षेत्रमा आफूहरु संवेदनशील भएर अगाडि बढेको बताउनुभयो । उहाँले निःशुल्क आँखा शिविरसँगै अब मुटु तथा अन्य दीर्घरोगीका बिरामीको लागि शिविर चलाउने बताउनुभयो ।

मालिकासँगै जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा र गुल्मीदरबार गाउँपालिकाले पनि आँखाको निःशुल्क उपचार गर्दै आएका छन् । नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा मोतियाविन्दुको समस्या पहिचान गरी शल्यक्रिया गरिएको हो । रेसुङ्गाले यसअघि शिविर सञ्चालन गरी  ५९, इस्मा गाउँपालिकामा ३० तथा गुल्मीदरबार गाउँपालिकाका २२ जनाले आँखाको शल्यक्रिया गराए ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares