

पशुपति दर्शनमा सकस
काठमाडौं । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथकोदर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ। भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसाले नांगोखुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो। सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्नेलाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्। यो समाचार नागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



