

कृषक अघिअघि, अनुसन्धान पछिपछि
काठमाडौं । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । खेती बढ्दै जाँदा विभिन्न रोग, कीराको समेत समस्या देखिन थालेको छ । तर यस विषयमा सरकारी निकायबाट कुनै अध्ययन र अनुसन्धान भएको पाइँदैन ।
सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर गरेपछि मात्र खेतीका लागि राम्रो मानिन्छ तर नेपालमा केहीबाहेक अधिकांश फलफूल पहिले कृषकले उत्पादन सुरु गर्छन् अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइएको छ ।
पूर्वी पहाडमा अमिलो जातको फलफूलको खेती सुरु भएको दशकौँ बितेको छ । सरकारी अनुसन्धान र सिफारिसबिना नै स्थानीय जातका कागती, जुनार र सुन्तलाको खेती हुँदै आएको थियो ।
उत्पादनको लामो समय बितेपछि गत वर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले दुई सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो । अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन्, जुन कृषकका बारीमा भने फल्न थालिसकेका छन् ।
इलाम हुँदै नेपाल भित्रिएको आगन्तुक फल किवीको व्यावसायिक उत्पादन सुरु भएको पनि करिब एक दशक बितेको छ । कृषकले आफ्नै मेहनतले किवी लटरम्म फलाउँदासमेत सरकारी निकायबाट कुनै पनि जात सिफारिस हुनसकेको छैन । यो समाचार गोरखापत्र दैनिकम छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



