

तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी
काठमाडौँ । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन् ।अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भने, “एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।” वनस्पतिविज्ञ डा। तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइनेजनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताए ।
ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्कोमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तुचाहिँ मौसम अनुकूल स्थायी बसाइँ सर्ने गरेका छन्,” उनले भने, “उपत्यकाका थानकोट, साँगा भन्ज्याङ, फर्पिङ र नागार्जुन उष्ण क्षेत्र हुन् । शीतोष्ण तराईमा पाउने सिमल उपत्यका आसपास पाउन थालिनु मौसममा आएको परिवर्तन नै प्रमुख कारक हो ।” जीवशास्त्री डा। चालिसेले उपत्यकाका मुख्य सहरी चोकमा कहिलेकाहीँ चितुवा देखिनुले जङ्गलमा खानाको अभाव रहेको पुष्टि गर्ने गरेको बताए । अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको नको गुनासो छ । उनले सल्लाको जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थालेको बताए।
डिभिजन वन कार्यालय काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले तराईमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिवर्तन तथा उनीहरू बासस्थानको खोजीमा लागेका कारणले हुनसक्ने बताए । मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराईका जिल्लामा पाइने जङ्गली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिणजस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



